२७ असार, काठमाडौं ।

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ।

बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ। आदेशमा “तत्कालै लिखित जवाफ पेश गर्ने र इजलासबाटै निर्णयार्थ सुनुवाईको मिति तोकिएको हुँदा प्रस्तुत मद्दाको अन्तिम किनारा नभएसम्म दिर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न, नगराउनू भनी प्रत्यर्थीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिएको” भनी उल्लेख गरेको छ।

साथै उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गर्ने सन्दर्भमा पेश भएका प्रस्ताव, समर्थन, दावी, हस्ताक्षर लगायतका सम्पूर्ण कागजात सहित माननीय प्रदेश प्रमुखको मिति २०८०।०३।२१ को निर्णयको सक्रल फाइल कोशी प्रदेश प्रमुखको तया मिति २०८०।०४। ०३ गतेभित्र झिकाउने आदेश गरेको छ। भने मिति २०८०।०४।०७ गतेको पेशी ताकी सो मितिदेखि निरन्तर सुनुवाई गर्ने आदेश गरेको छ।

कोशी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कुमार कार्कीले प्रदेश प्रमुख प्रदेश प्रमुखको कार्यालय कोशी प्रदेश समेतलाई विपक्षी बनाएर दायर मुद्दामा सो अन्तरिम आदेश जारी भएको हो।