
अन्तरिम आदेश हुने वा नहुने बारे आजै टुंगो लाग्ने
असार ७ गते, काठमाडौं ।
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दाको पेसी संयुक्त इजलास पहिलो नम्बरमै परेको छ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासको पहिलो नम्बरमा नै मुद्दाको पेसी परेको हो ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो। जेष्ठ २१ गते न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासबाट कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी भइ दोहोरो छलफलको बोलाइएको थियो।
दोहोरो छलफलको पेश भएको छैठो पटक मात्रै सुनुवाई हुदै छ। जेष्ठ २६ गते कागज मगाउने आदेश भएको थियो। त्यसपछि दुइ पटक पालो आएको थिएन भने दुइ हेर्न नमिल्ने भएपछि हेर्न नमिल्ने न्यायाधीश बाहेकको इजलासमा मात्रै सुनुवाई हुने गरी आदेश भएको थियो। सोही आधारमा आज सुनुवाईको इजलास गठन भइ सुनुवाई हुदैछ।
बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा नागरिकता ऐन कार्यान्वयनमा बाधा पुग्ने छ । तर अल्पकालीन अन्तरिम आदेश खारेज भएमा कार्यान्वयनमा आउने छ । अघिल्लो संसदबाट राष्ट्रपति कार्यालयमा पुगेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि विवाद बढेको हो।
