
१८ जेठ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भारत प्रस्थान गरेका छन् । उपप्रमुख सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर शाह बिहीबार भारत गएका हुन्।
भारत जानुका कारणबारे भने उनले खुलाएका छैनन्। कामको सिलसिलामा काठमाडौं बाहिर जानुपरेकोले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहक प्रमुख भइ काम गर्नु भनी मेयर शाहले डंगोललाई अख्तियारी दिएका छन् । हेर्नुहोस् अख्तियारी :
