
जेष्ठ ८, काठमाडौँ।
सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको छ ।
रिट दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय बदर गर्दै आज सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यस्तो आदेश दिएको हो ।
गत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८ वैशाखमा सर्वाेच्च अदालत प्रशासनले दरपिठ गरेको थियो । प्रशासनको त्यस निर्णयविरुद्ध २ जेठमा युवराज पौडेल सफलले दिएको निवेदनउपर आज सुनुवाइ गर्दै सर्वोच्चले रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो ।
