बैशाख २७, काठमाडाैं ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका खाण बैशाख २७ गते विहान आफ्नै निवासबाट नै पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।

उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका थिए ।  दुई दिनअघि बालकृष्ण खाणलाई बोलाएको बेला हाजिर हुने शर्तमा प्रारम्भिक बयान लिएर कागज गरी छाडिएको थियो ।

खाडसँगै उनका स्वकिय सचिव नरेन्द्र केसी पनि प्रहरी नियन्त्रणमा परेका छन्। यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत पक्राउ परिसकेका छन् । भने हाल एमाले सचिव रायमाझी फरार रहेका छन्।

गृहसचिवको जिम्म्मेवारीमा रहेका सचिव सिंह तत्कालिन गृहमन्त्री बालकृष्ण खाणले ८ महिना अघि प्रदेश नम्बर एकको प्रमुख सचिवबाट एकै पटक सरुवा गरेर गृह सचिवको जिम्मेवारी दिएका थिए। २०७९ असारमा सहसचिवबाट सचिवमा बढुवा भएपछि सिंहको गृह मन्त्रालय दोस्रो निकाय हो।