
२५ वैशाख, काठमाडौं ।
संवैधानिक परिषदले नेपालको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ। बैशाख २५ सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको जनाइएको छ।
हाल कार्की कायम मुकायम (कामु) प्रधानन्यायाधीश छन्। अब कार्कीको संसदीय सुनुवाइपछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्ति गर्नेछन्।
तत्कालीन प्रधानन्याधिश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए। उनी उमेर हदका कारण अवकाश भएपछि ११ असोज २०७९ सम्म कामु प्रधानन्यायाधीशको भूमिकामा थिए।
