२५ वैशाख, काठमाडौं ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।  साथै यो रिटमा अदालतले विपक्षीको नाउँसँग लिखित कारण पनि माग गरेको छ।

बैशाख २५ गते सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठले रास्वपाले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। साथै अन्तरिम आदेशको लागि भनेर रास्वपा समेतको विपक्षीलाई बोलाएको छ।

श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्पाले उनलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभाको सदस्य भएको हुँदा पार्टीबाट निस्काशन गर्दा उनको सांसद पनि पनि खारेज भएको थियो।

उनले पार्टीबाट निस्काशन समेत आफूमाथि पार्टीले गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा आइतवार रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाई गर्दै सोमबार सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

आदेशको पुर्णपाठ