काठमाडौँ, बैशाख १५ गते – संघीय संसदका दुवै सदनको अधिवेशन आजदेखि अन्त्य हुने भएको छ।

कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले मन्त्रिपरिषद्को सिफारिस अनुसार बैशाख १५ राति १२ बजेदेखि लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन्।

जेठ १५ गतेसम्म बजेट ल्याउनुपर्ने भएकाले चालू अधिवेशन अन्त्य गरेर बजेट अधिवेशनमा जुट्न हिउँदे अधिवेशन अन्त्य गरिएको हो।

बजेट अधिवेशन वैशाख अन्तिममा बोलाउने तयारी सरकारले गरेको छ। बजेट ल्याउनुभन्दा १५ दिनअघि प्रिबजेटमाथि छलफल सक्नुपर्ने भएकाले वैशाख अन्तिममा बजेट अधिवेशन आह्वान हुनेछ।