
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान भएको बच्चाको जन्म दर्ता मावलीकै थर मुलुक सबै वडा कार्यालयलाई निर्देशन दिएको छ।
गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ६ हजार ७४३ वटै वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई ४ बुँदे सर्कुलर पठाएर सो निर्देशन दिएको हो।
पञ्जीकरण विभागले विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान भएको बच्चाको जन्म दर्ता सम्बन्धमा वडा कार्यालयलाई ४ बुँदे सर्कुलर पठाएर निर्देशन दिएको हो।
सर्कुलर विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान भएको बच्चाको जन्म दर्ता मावलीकै थर राखी आमाको स्थायी ठेगानामा गर्ने भनिएको छ । त्यस्तै बच्चा मावलीमै बसेको भए त्यही ठेगानामा दर्ता गर्नुपर्ने भनिएको छ।
पछि बाबु पत्ता लागे पहिलाको जन्म दर्ता रद्ध गरी बाबुको थर र ठेगाना राखेर नयाँ जन्म दर्ता भनिएको छ।
